Dhulikhel Eco Banner new

नेप्से परिसुचकमा हरियाली, कारोबार भने सुध्रिएन

11.74K
shares

काठमाडौं, ६ कात्तिक । दोस्रो साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक १४ दशमलव ३५ प्रतिशतले बढेको छ ।

आइतबार नेप्से परिसुचक शुन्य दशमलव ७८ प्रतिशतले उकालो लागेर १८५८ दशमलव ४९ को विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८८ अंकले बढेको छ ।

आज दिनभर भएका १३ हजार ८१ कारोबारबाट २२१ कम्पनीका १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ५१ करोड ६८ लाख ३ हजार ४ सय ८४ पुगेको छ ।