यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८० जेठ ११ बिहीवार ०९:३८
shares

काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ३१ पैसा र बिक्री दर १६४ रुपैयाँ ०५पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ८८ पैसा र बिक्री दर १४२ रुपैयाँ ५३ पैसा पुगेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ,२२ पौसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।















