२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो
वि.सं.२०८० असार १५ शुक्रवार १२:३९
4.97K
shares
shares

काठमाडौँ, १५ असार । नेपाली बजारमा आज शुक्रवार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम छ ।



















