Dhulikhel Eco Banner new

‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग गर्दै सिटिजन्स बैंक 

4.6K
shares

काठमाडौं, १५ असार । सिटिजन्स बैंकले ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप रू एक लाख बत्तिस हजारको चेक हस्तान्तरण गरेको छ । साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्ने गर्दछ ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग साथले करिब एक दशक देखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आइरहेको छ ।

एक समारोहका बीच बैंकले रू एक लाख बत्तिस हजारको चेक ‘साथ’का कार्यक्रम प्रबन्धक समिक्षा शर्मा लाई हस्तान्तरण गरेको छ । साथ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा कार्यक्रम प्रबन्धक समिक्षा शर्माले जानकारी दिएकी छिन् ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी  गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८५ वटा शाखा,  १४१ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  १५ लाख ९० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।