निरन्तर उकालो लागेको सुनको मूल्यमा सामान्य अंकले गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ २५ शुक्रवार ११:२४
shares

काठमाडौं, २५ माघ । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार तोलामा १ लाख ६८ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार ४ सयले घटेर तोलामा १ लाख ६८ हजार १ सयमा कायम भएको हो ।
त्यस्तै, शुक्रवार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । बिहीवार तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर शुक्रवार तोलामा १ हजार ९८५ रुपैयाँमा कायम भएको छ ।


















