Dhulikhel Eco Banner new

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

3.03K
shares

काठमाडौं, ६ फागुन । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ७ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार तोलामा १ लाख ६८ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार ७ सयले बढेर तोलामा १ लाख ६९ हजार ४ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार पनि सोही मूल्यमा कायम भएको छ ।