Dhulikhel Eco Banner new

सुनको मूल्यमा स्थिर, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.35K
shares

काठमाडौं, १९ वैशाख । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्यमा घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीवार तोलामा १ लाख ८३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार पनि सोहि मूल्यमा कायम भएको छ ।

त्यस्तै, शुक्रवार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । बिहीवार तोलामा १ हजार ९१५ मा कारोबार भएको चाँदीको मूल्य शुक्रवार १ हजार ९३० मा कायम भएको हो ।