Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ७ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.2K
shares

काठमाडौं, १० असार । स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला एक हजार ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमवार प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार एक हजार ७ सयले घटेर तोलामा १ लाख ९३ हजार ५ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । सोमवार तोलामा २ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार घटेर २ हजार १६० रुपैयाँमा कायम भएको छ ।