सन् २०२३ मा विदेशी पर्यटकको उत्साहजनक आगमन, कुन देशबाट कति आए ?
वि.सं.२०८० पुस १६ सोमवार १६:१२
shares

सन् २०२३मा विदेशी पर्यटकको उत्साहजनक आगमन भएको छ । गत सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । डिसेम्बर महिनामा मात्र ९६ हजार ५६८ पर्यटक आएको वोर्डको तथ्यांकमा उल्लेख छ ।
बोर्डले पर्यटकको संख्या १० लाख नाघ्नुलाई उत्साहजनक भनेको छ। बोर्डका निर्देशक मणि लामिछानेले यो वर्ष पर्यटकको संख्या अझै बढाउन आक्रामक रुपमा प्रचार प्रसार गर्ने बताए।
एक वर्षको अवधिमा हवाई मार्ग हुँदै १० लाख १४ हजार ८ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका हुन्। तीमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक हुन्। हवाई मार्ग हुँदै नेपाल आएका पर्यटकमा भारतीय पर्यटकको हिस्सा ३१.५२ प्रतिशत हो।
गत वर्ष ६ लाख १५ हजार पर्यटक आएका थिए। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए।
कुन देशबाट कति आए ?
३ लाख १९ हजार ९३६ भारतीय
१ लाख ३५७ अमेरिकी
६० हजार ८७८ चिनियाँ
५२ हजार ८६६ बेलायती
३८ हजार ७९८ अष्ट्रेलियाली
२६ हजार ९८० जर्मन
थाइल्याण्ड, दक्षिण कोरिया, फ्रान्स, श्रीलंका, मलेसिया, जापान, क्यानडा, भियतनाम, इटली, म्यानमार, स्पेन रसिया र भुटान पनि १० हजार भन्दा बढी


















