Dhulikhel Eco Banner new

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २८औँ वार्षिक साधारण सभा सम्पन्न

4.88K
shares

काठमाडौं, २४ पुस । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा पुस २४ गते बिहीबार अमा्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित विभिन्न जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक संकट र सो को विरुद्ध सुरक्षा कवचको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

कुनै पनि राष्ट्रको अर्थतन्त्रको समग्र अवस्था, व्यवसायको विस्तार र दिगोपनको मूल्यांकन गर्दा बीमा बजारको विकास, पहुंच र विश्वसनीयतालाई एक प्रमुख सूचकको रुपमा लिने गरिन्छ । यही मान्यतालाई आत्मसाथ गर्दै बीमा बजारको स्थायित्व कायम राख्ने र विश्वसनीयता अभिवृद्धि गर्ने तथा यसको दायरा र प्रभाव विस्तार गर्ने उद्देश्यका साथ यस कम्पनीले आफ्नो स्थापनाको २८औं बर्ष सफलतापूर्वक पूरा गरिसकेको छ । बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउंदै बीमितको हकहितको संरक्षण गर्दै आफ्नो दायित्वप्रति कम्पनी सदैव प्रतिबद्ध रहंदै आएको जानकारी गराए ।

समिक्षा बर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशत नगद लाभांश दिने सम्बन्धि प्रस्ताव शेयरधनीहरुद्धारा सभामा सर्वसम्मतीबाट स्वीकृत भएको छ । त्यसैगरी कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्ग सहित ११ तल्लाको भवन निर्माणको कार्य सम्पन्न भई ठेकेदार कम्पनीबाट कम्पनीलाई हस्तान्तरण प्राप्त भई यही २०८२ माघ महिना भित्रमा कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्सालबाट पानीपोखरी स्थित आफ्नै भवनमा सर्ने र कम्पनीलाई आवश्यक पर्ने ४ तल्लासम्म प्रयोग गरी अन्य तल्लाहरु भाडामा लगाई आम्दानी गरिने व्यहोरा समेत सभालाई जानकारी गराए ।