सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ पुस २४ बिहीवार १५:४०
shares

काठमाडौं, २४ पुस । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.५९ अंकले बढेर २६४० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ९० करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सान्वी इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.१६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी एसवाई प्यानल नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले कमाएका छन् भने खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ४.६३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले ४.४२ प्रतिशतका दरले कमाएका छन् भने विकास जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ३.९० प्रतिशतका दरले कमाएका छन् ।



















