Dhulikhel Eco Banner new

पत्रकार दवाडीलाई ‘उमाकान्त पौडेल स्मृति’ पत्रकारिता पुरस्कार

5.15K
shares

काठमाडौं, १२ माघ । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ । ललितपुरको लाकुरी भञ्ज्याङमा सम्पन्न मञ्चको बैठकले करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशील वरिष्ठ पत्रकार दवाडीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

दवाडी हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको रेडियो अन्नपूर्णको स्टेसन म्यानेजरका रुपमा कार्यरत छन् । मञ्चका पूर्व महासचिव राम पौडेलले आफ्ना पिताको सम्झनामा स्मृति पुरस्कार स्थापना गरेका हुन् । यो पुरस्कार आगामी ३० गते मञ्चको वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा प्रदान गरिनेछ ।

हरेक वर्ष मञ्चको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उक्त पुरस्कारको राशी ५५५५ रहेको छ ।