Dhulikhel Eco Banner new

शेयर बजारमा ४२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.13K
shares

काठमाडौं, १२ फागुन । मंगवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २१.६२ अंकले बढेर २,६३८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २१३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ७७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा नेपाल एसबीआई बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ३.५८ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन आरबिबि म्युचुअल फन्ड–२का लगानीकर्ताले ३.४० प्रतिशतका दरले गुमाएका छन् भने ९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८८का लगानीकर्ताले २.२५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी आरबिबि म्युचुअल फन्डका लगानीकर्ताले २.०७ प्रतिशतका दरले गुमाएका छन् भने एनआइबिएल ग्रोथ फन्डका लगानीकर्ताले १.९७ प्रतिशतका दरले गुमाएका छन् ।