Dhulikhel Eco Banner new

शेयर बजारमा ८० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.59K
shares

काठमाडौं, १२ चैत । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.२१ अंकले बढेर २,९५० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन १३ अर्ब १६ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ३.४८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.५८ प्रतिशतका दरले गुमाएका छन् भने कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.२४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले ३.०४ प्रतिशतका दरले गुमाएका छन् भने एनआइबिएल कोषका लगानीकर्ताले २.६० प्रतिशतका दरले गुमाएका छन् ।