Dhulikhel Eco Banner new

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

2.31K
shares

 

काठमाडौं, १३ चैत । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री पदमा शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। यो नेपालमा संविधान २०७२ जारी भएपछि उक्त धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलो अवसर हो।

साथै, मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलो पटक हो।

काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर फागुन २१ गतेको निर्वाचनमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन्। उनले झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गरेका थिए।