Dhulikhel Eco Banner new

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

3.26K
shares

काठमाडौं, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) ले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन गरेका थिए।

नवनियुक्त मन्त्रीहरूमा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृह मन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार, यातायात र सहरी विकास मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, खड्कराज पौडेल (गनेश) पर्यटन मन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान, प्रविधि र युवा तथा खेलकुद मन्त्री, निशा मेहता स्वास्थ्य मन्त्री, विक्रम तिमिल्सिना सञ्चार मन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, दीपक साह श्रम मन्त्री, सोविता गौतम कानुन मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री छन्।