बालेनको शपथ समारोहमा ६ जना पूर्वप्रधानमन्त्री उपस्थित, ओली अनुपस्थित
वि.सं.२०८२ चैत १३ शुक्रवार १३:११
2.87K
shares
shares

काठमाडौं, १३ चैत । राष्ट्रपति कार्यालय शीतल निवासमा आज सम्पन्न नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ समारोहमा ६ जना पूर्व प्रधानमन्त्री उपस्थित भएका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित कार्यक्रममा पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल र बाबुराम भट्टराई सहभागी भएका थिए।
तर पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली उक्त समारोहमा उपस्थित भएनन्। त्यसैगरी नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि कार्यक्रममा अनुपस्थित रहे।
















