प्रतितोला ७ हजार ४ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ चैत १८ बुधवार १०:५८
1.81K
shares
shares

काठमाडौं, १८ चैत । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ७ हजार ४ सयले बढेको हो ।
महासंघका अनुसार मंगलवार प्रतितोला २ लाख ९० हजार २ सयमा कारोबार भएको छापावाल सुन बुधवार बढेर प्रतितोला २ लाख ९७ हजार ६ सयमा कायम भएको छ ।
त्यसैगरी, बुधवार चाँदीको मूल्य पनि बढेको छ । मंगलवार प्रतितोला ४ हजार ८ सय ४५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला ४ हजार ९ सय ४५ रुपैँयामा कायम भएको छ ।


















