प्रतितोला ४ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ चैत २४ मंगलवार ११:००
1.34K
shares
shares

काठमाडौं, २४ चैत । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य ४ सयले बढेको हो ।
महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ९१ हजार ४ सयमा कारोबार भएको छापावाल सुन मंगलवार बढेर २ लाख ९१ हजार ८ सयका कायम भएको छ ।
त्यसैगरी, मंगलवार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । सोमवार प्रतितोला ४ हजार ७ सय ८० मा कारोबार भएको चाँदी मंगलवार ४ हजार ८ सय २० रुपैयाँमा कायम भएको हो ।


















