Dhulikhel Eco Banner new

बलेफी हाइड्रोपावर कम्पनीको अध्यक्ष पदमा मिश्र नियुक्त

1.9K
shares

काठमाडौं, २४ चैत । बलेफी हाइड्रोपावर कम्पनीको अध्यक्ष पदमा सरोज कुमार मिश्र नियुक्त भएका छन्। कम्पनीको चैत २३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि मिश्रलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

साविकका सञ्चालक समितिका अध्यक्ष विदुर पुरीले चैत १९ गते दिएको राजीनामापछि रिक्त रहेको अध्यक्ष पदमा सरोज कुमार मिश्र नियुक्त भएका हुन्। यसअघि अध्यक्ष रहेका पुरीले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।