Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.95K
shares

काठमाडौं, २४ चैत । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.६१ अंकले घटेर २,७५७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ७३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा उपकार लघुवित्त बित्तीय संस्था, भुजुङ हाइड्रोपावर, सुपर खुदी, स्वेट गंगा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।