Dhulikhel Eco Banner new

शेयर बजारमा १९७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

546
shares

काठमाडौं, ७ वैशाख । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.१७ अंकले घटेर २,८२५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ४३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको डोल्टी पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.३५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी एनआइसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले ५.०३ प्रतिशतका दरले कमाएका छन् भने एशियन हाइड्रोपावरका लगानीकर्ताले लगानीकर्ताले ४.५० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि नेशनल हाइड्रोका लगानीकर्ताले ३.९२ प्रतिशतका दरले गुमाएका छन् भने रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ३.६६ प्रतिशतका दरले गुमाएका छन् ।