Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब ४३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

780
shares

काठमाडौं, ७ वैशाख । शेयर बजारमा ५ अर्ब ४३ करोडको कारोबार हुँदा होटल फरेष्ट इनको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३६ करोड १ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन सोलु हाइड्रोपावरको २९ करोड ८१ लाख रुपैयाँ कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको २८ करोड ८८ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी आँखुखोला जलविद्युतको २३ करोड ७० लाख रुपैयाँ कारोबार भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको १९ करोड ९ लाख रुपैयाँ कारोबार भएको छ ।