“सपनाः बुढी गण्डकीको”
वि.सं.२०८३ वैशाख ७ सोमवार १७:५६
shares

“सबु हेर त उ यो झलमल्ल बत्ति बलेको वल्लो डाडा नामजुङ हो । त्यसको उत्तर तर्फको अर्को डाडा बोर्लाङ हो । यि दुईको बिचको सानो थुम्की भुमेथान हो ।” लामो समय अमेरिका वसाई पछि, साझ विशाल बुढी गण्डकी आयोजनाको जलासयमा टहल्न आईपुगेका संयम र सविनाको जोडीको संवाद हो यो ।
आयोजनाको वारेमा संयम थप्छन्, “यसको करिब २२५ मिटर अग्लो ड्याम छ, यसको मुख्य लम्वाई ४८ किमी, पानीको क्षेफ झण्डै ८२ वर्गकिमी छ । धादिङ्ग तर्फ रातमाटा, मैदी, खरी, चैनपुर, सल्यानटार आगिनचोक, बुढाथुम, बसेरी र गोरखा तर्फ, थुमी, आरुआरवाङ, आरु चनौटे, आरुपोखरी, तान्द्राङ, चौतारा, धावा, बोर्लाङ, अश्राङ, वुङकोट, नामजुङ, फुजेल, दर्वुङको तल्लो फाट हुदै पुनः रातमाटामा मिसियर झण्डै २४८ किमी लामो रिङरोडले घेरेको छ यसलाई । उ त्यो मालाजस्ता लहरै देखिएको बत्ती त्यहि रिङ्गरोड किनारका वत्ती हुन ।
अहिले हेर त, यो विशाल आयोजनासँगै, पश्चिम सेती, कर्णाली जलाशय, तमोर हाईड्रो लगायत दश ठुला आयोजना संचालनमा छन । तिनले नेपालीको भाग्य बदलिदिएका छन । अहिले नेपालीको औषत आय झण्डै १ लाख ५० हजार अमेरीकी डलर छ ।
लामो समयपछि पुर्खाको जन्मथलो पुगेका संयम सविनालाई, बुढी गण्डकी आयोजनाको वारेमा बताउदै, अगाडी थप्छन, “मानव निर्मित यो ताल फेवाताल भन्दा झण्डै १४ गुणा ठुलो छ “।
गोरखाका संयम र अमेरीकामै जन्मी हुर्केकी सबिना ९पुर्खौली थलो बागलुङ० विहे भएको लामो समय भयो । पेशाले संयम आईटी ईन्जिनियर हुन भने सविना नर्सिङ ९विएन० पेशामा छिन ।
संयम अगाडी भन्छन, “१२ सय मेगावाट विद्युत उत्पादन गरिरहेको यस जलासयमा गोरखाका घ्यालचोक, बुङकोट, दरबुङ, भुम्लीङचोक, नामजुङ, फुजेल, बोर्लाङ, तान्द्राङ, धावा, आरुचनौटे, आरु आर्बाङ, थुमी, तथा धादिङ तर्फका सलाङ, चैनपुर, मैदी, खरी, मार्पाक, ज्यामरुङ, त्रिपुरा, अग्निचोक लगायतका स्थान प्रभावित भएका थिए । यसबाट करिब ५८ हजार रोपनी ९करिब, धादिङ तर्फ ३५ हजार र गोरखा तर्फ ३३ हजार रोपनी० जमिन अधिग्रहण गरिएको थियो भने करिब १२ हजार घर(परिवार विस्थापित भएका थिए”।
“ओहो तिमीलाई सबै थाहा रहेछ, अरु पनि वताउन ११ मलाई त कस्तो सुन्न मन लाग्यो”। सविनाले भन्ने बित्तिकै संयम मुसुक्क हास्दै अगाडी भन्छ । “मेरो बाबाले यसमा निक्कै चासो लिनुहुन्थ्यो । धेरै कुरा मसंग पनि सेयर गर्नुहुन्थ्यो । शुरुको समयमा निक्कै गाह्रो भयो रे यो आयोजना निर्माणमा तर पछि जब सन २०२५ तिर जेन(जी आन्दोलन भयो तेसपछि वनेको बालेन सरकारले निक्कै चासो र महत्व दिएर राज्यले आफ्नै लगानीमा यो आयोजना वनाएछ”।
“उ त्यो बोर्लाङ हो, जुन भिमसेन थापाको जन्मस्थान पनि हो, त्यहि नजिकै अन्तराष्ट्रिय सुप्रसिद्ध हिल्टन समुहले सेभेन स्टार होटल खोलेको छ । यता दक्षिणतर्फ नामजुङमा यो ठुलो झिलिमिली विल्डिङ वेलायती होटल समुह आइजिएच को पांचतारे होटल हो, जसको संसारभरमा ७००० बढी होटल र दशलाख बढी रुमहरु रहेका छन । यस्तै तालको पूर्वतर्फ रहेको उ त्यो डाँडामा (खरिको डाँडामा) स्विट्जरल्याण्डको चर्चित होटल समुह एको (अकर) को सातबारे होटल छ । जसबाट सुर्योदय, सूर्यास्त र ताल मज्जाले देख्न सकिन्छ । झण्डै २४८ किमी लामो यस रिङरोडमा सानाठुला अरु थुप्रै होटल व्यावसाय खुलेका छन । यस जलासय संग सम्वन्धित थुप्रै अरु व्यवसाय पनि छन । माछा पालन यहाँको सबैभन्दा प्रसिद्ध व्यावसाय हो । यहाँको रहु र रातो असला माछा निक्कै प्रसिद्ध छ । यहां डुंगा व्यावसाय पनि राम्रो छ । यस व्यवसायमा यहिका स्थानिय माझी तथा कुमालहरुको पक्कड रहेको छ । देशको राजधानीबाट नजिक रहेको यो जलाशय पछिल्लो समय हाईड्रो संग भन्दा पनि पर्यटकिय व्यावसायसंग जोडिएकाले बढी चर्चित छ ।
विसं २१०९ को पर्यटकीय सिजन नम्वररडिसेम्वरमा यहाँको सम्पुर्ण होटलहरु भरिभराउ भएको र लामो समय होल्डिङमा बस्नु परेको समाचार विविसिले मुख्य चासोका साथ प्रसारण गरेको थियो ।”
“हेर त ११ उ त्यो माथी होटल हिल्टनसंगै देखिएको सेतो लामो भवन श्री मुकुन्द सरस्वती ईन्जिनियरिङ क्याम्पस हो । गोरखा जिल्लाकै प्रसिद्ध श्री सरस्वती माविलाई त्यसै विद्यालयका पुर्व प्रधानध्यापक मुकुन्द सरले, जीवनको अन्तिम समयमा आफ्नो सम्पुर्ण सम्पत्ती दान दिनुभएको हो । त्यसैले उहाँको सम्मान स्वरुप पछि विद्यालयको नाम नै मुकुन्द सरस्वती राखियो र सोही रकम र अन्य सहयोगले अहिले यहां विए सम्मको पढाई हुन्छ । पछिल्लो समय, हाईड्रोलजिकल ईन्जिनियरिङमा यो क्याम्पस देशकै उत्कृष्ट कहलिएको छ ।
अनि उ त्यो यतापट्टिको, यस्तै लामो भवनचाहि श्री भिमसेन जनशक्ति क्याम्पस हो । यसमा बिशेष गरेर टुरिजम तथा हस्पिटियालिटी पठाई हुने गरेको छ । पहिला यसको नाम पनि जनशक्ति मावि मात्रै थियो । पछि, यसै आयोजनाले भिमसेन थापाको पुर्खौली जमिन तथा बगैँचाको मु(आब्जा वापत ठुलो रकम दियो । त्यस रकम उनका सन्तानहरुले आफ्नो पुर्खाको नाममा नै स्कुलमा दान दिए र भिमसेन जनशत्ती क्याम्पस रहन गएको हो”।
“ओहो तिमीलाई त एकएक सबै थाहा रहेछ । अरु पनि भनन” । सबुले भन्ने बित्तिकै संगम पुन भन्छ ।
“उ त्यो परको अर्को डाडा फुजेल हो । यहाँबाट तालगाउहुदै फुजेल भैरवीथान पुग्न सकिन्छ । त्यहाँ ठुलो भैरवको मन्दिर छ । पहिला साधारण रहेको यो मन्दिर पछि यसै आयोजनाले निक्कै सुन्दर वनाईदिएको छ । यहां भैरव अष्टमी र विजया दशमीमा विशाल मेला लाग्दछ ।
देशका यि र यस्ता विशाल आयोजनाले नेपालीको भाग्य नै वदलिएको छ अहिले । जसले गर्दा विसं २०८० तिर ११–१२ सय रहेको नेपालीको जिडीपी अहिले झण्डै १५०००० यूएस डलर रहेको छ ।
गोरखा तर्फको तान्द्राङकोट र धादिङ तर्फको त्रिपुरासुन्दरीमाईको मन्दिर यस क्षेत्रकै चर्चित मन्दिर हुन । यि दुई मन्दिरको दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटकको दैनिकजसो भिड लाग्ने गरेको छ । माथिका यि तिन (तान्द्राङकोट, डाडा भैरव र त्रिपुरासुन्दरी माई) मन्दिरबाट उठेको भेटिले मात्रै सल्यानटारमा रहेको ५०० सैयाको सैनिक अस्पताल निशुल्क संचालन गरिएको छ ।
गोरखा र धादिङ दुवै तर्फबाट सिर्दिवास सम्म गाडीको राम्रो बाटो बनेको छ । त्यसपछि लार्केपास सम्म पैदल तथा मनाङको चामेसम्म केवलकारबाट यात्रा गर्न सकिन्छ । पर्यटकिय मौसममा यहां पैदल यात्रा गर्दा बाटोमा पर्यटकहरुको चापले बाटो नै जाम हुने गरेको समाचार वेला वेलामा आईरहन्छन ।
उतिबेला झण्डै ३८००० हजार हेक्टर जमिन डुवानमा परेको कारण स्थानियको थुप्रै बिरोध खेपेको यो आयोजना, अहिले यस आसपासका स्थानियहरु जग्गा भए पनि खेति कमै गर्दछन, उनिहरु अरु नै विभिन्न पेशा गर्न रुचाउछन ।
यस आयोजनाको राम्रो पक्ष भनेको बिद्युत उत्पादनसँगै पर्यटन पनि हो । यस मानव निर्मित तालकै कारण वर्षेनी लाखौ पर्यटक यहां घुम्न आउने गरेका छन । विसं २१०९ मा मात्रै झण्डै ७२ लाख विदेशीहरुले यसतालको भ्रमण गरेका थिए । यस जलासय र आसपासको यो सुन्दरताले, न्यूजिल्याण्डको कुईन्सटाउनको झल्को दिने बताउछन रे, पर्यटकहरु ।
तिमीलाई सुन्दा अचम्मलाग्ला, पछिल्लो समय नेपालमा आन्तरिक पर्यटन निकै खस्किएको छ । आन्तरिक पर्यटनमा नेपाल धेरै पछाडी छ, कारण यहां हरेक क्षेत्रमा भएका विकास र त्यससँगै जोडिएका पर्यटकिय पेशा व्यवसायले हो, यहां कसैलाई फुर्सद छैन, देश घुम्ने । सबैजसो नेपालीले विदेशी पर्यटकको स्वागत गर्नुपर्ने हुनाले आन्तरिक पर्यटन निक्कै कमजोर छ ।
विसं २०८२ मा भएको जेन्जी आन्दोलनले नयां सरकार गठन भयो र सोहि वेलादेखि सरकारले उच्च प्राथमिकता दिदै यो आयोजना सम्पन्न गरेको थियो ।”
“कुखुरी कां……..” विहानीको भालेको डांकसंगै म झल्याँस्स बिउँझिए । सपनामा म पनी त्यै डुंगामा सयर गर्दै रहेछु । भालेलाई वेस्सरी गाली गर्न मनथियो, यति राम्रो सपनाबाट व्यूझाईदिएकोमा तर के गर्नु भाले आफ्नो परेन ।
(लेखकः ईश्वर अर्याल, विकासलाई साहित्यसँग जोड्न रुचाउने, त्रिवि भूगोल केन्द्रिय विभागमा पिएचडी अध्ययन अर्यालका विकासवादी थुप्रै लेखहरु प्रकाशित छन)



















