Dhulikhel Eco Banner new

नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ४०१ रुपैयाँ

793
shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले योग्य र इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई सहभागिता जनाउन सक्ने गरी सेयर बिक्री खुला गरेको जनाएको छ।

लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०१ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ, जसअन्तर्गत न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार बोलपत्र पेश गर्ने प्रक्रिया वैशाख १० गतेदेखि सुरु भइसकेको छ र वैशाख २४ गते बैंकिङ समयभित्र आवेदन बुझाइसक्नुपर्नेछ।

बोलपत्र आवेदन फाराम काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको कार्यालयबाट प्राप्त गर्न सकिनेछ भने सोही स्थानमा बुझाउने व्यवस्था गरिएको छ।

यस लिलामीमार्फत कम्पनीले संस्थापक सेयर संरचनामा समायोजन गर्दै लगानीकर्तालाई नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरेको जनाएको छ।