एनएमबि बैंकको ६९ हजार ४२४ कित्ता संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:४७
shares

काठमाडौं, १० वैशाख । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी तिला देवी पाण्डेयको नाममा रहेको ६९ हजार ४२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै अन्य विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकोले हाल उक्त शेयरमा एनएमबि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट कुनै निवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार सर्वसाधारणलाई शेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।



















