Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोवार रकम पनि घट्यो

975
shares

काठमाडौं, १० वैशाख । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १७.०१ अंकले घटेर २,७८७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा पाल्पा सिमेन्ट र सिखर पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सुर्यकुण्ड हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.७९ प्रतिशतका दरले गुमाएका छन् ।