सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८३ वैशाख ११ शुक्रवार १५:१४
shares

काठमाडौं, ११ वैशाख । शुक्रवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १.५४ अंकले घटेर २,७८८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब २७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा पाल्पा सिमेन्ट र सिखर पावर, माई खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले १२.६२ प्रतिशतका दरले कमाएका छन् भने श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले ४.९१ प्रतिशतका दरले कमाएका छन् ।



















