मेटलाइफ नेपाल पुग्यो जुम्ला, दुर्गम नेपालमा बीमा पहुँच विस्तार र शिक्षालाई सहयोग गर्दै
वि.सं.२०८३ वैशाख १३ आइतवार १४:२०
shares

काठमाडौं, १३ वैशाख । मेटलाइफ नेपालले जुम्लामा आफ्नो सेवा औपचारिक रूपमा विस्तार गरेको छ। यस विस्तारसँगै दुर्गम तथा सेवा पहुँच कम भएका क्षेत्रहरूमा बीमा सेवा पुर्याउने उद्देश्यले महत्वपूर्ण कदम चालिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार जुम्लामा स्थापना गरिएको स्थानीय एजेन्सी कार्यालयमार्फत ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। यसले स्थानीय बासिन्दालाई वित्तीय सुरक्षासम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
जुम्ला समुदायलाई थप सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले सूर्य सामाजिक सेवा समाजसँग सहकार्य गर्दै चन्दननाथ उच्च माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। यसले विद्यार्थीको सिकाइ अनुभवलाई आधुनिक र अन्तरक्रियात्मक बनाउने बताइएको छ।
साथै, कम्पनीले स्थानीय युवालाई लक्षित गर्दै बीमा सम्बन्धी सचेतना कार्यक्रम समेत सञ्चालन गरिरहेको छ। यसले जिम्मेवार वित्तीय व्यवहार विकास गर्न र दीर्घकालीन वित्तीय योजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले दुर्गम क्षेत्रमा बीमा पहुँच विस्तार गर्नु कम्पनीको प्रमुख प्रतिबद्धता रहेको उल्लेख गर्दै शिक्षा र वित्तीय सचेतनामा पनि निरन्तर योगदान रहने बताएका छन्।
मेटलाइफ, इंक विश्वका प्रमुख वित्तीय सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो, जसले बीमा, एन्युटी, कर्मचारी लाभ योजना तथा सम्पत्ति व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ। नेपालमा मेटलाइफ सन् २००१ देखि सञ्चालनमा रहेको छ र जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा लगायतका सेवाहरू प्रदान गर्दै आएको छ।



















