Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ७४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.13K
shares

काठमाडौं, १४ वैशाख । शेयर बजारमा ४ अर्ब ७४ करोडको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३० करोड ७१ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन आँखुखोला जलविद्युतको २५ करोड ९७ लाख रुपैयाँ कारोबार भएको छ भने सोलु हाइड्रोपावरको २३ करोड ९७ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी नेसनल हाइड्रोपावरको १४ करोड ८९ लाख रुपैयाँ कारोबार भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको १२ करोड ८८ लाख रुपैयाँ कारोबार भएको छ ।