Dhulikhel Eco Banner new

रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरणमा सफाइ

1.03K
shares

काठमाडौं, २० वैशाख । नेपालमा “लिटिल बुद्ध” को नामले परिचित रामबहादुर बमजन सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाही का न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले वैशाख ८ गते उक्त मुद्दामा फैसला गर्दै बमजनविरुद्धको अभियोग पुष्टि हुन नसकेको ठहर गरेको हो।

उनीविरुद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो। फैसला पछि बमजन कारागार कार्यालय सर्लाही बाट रिहा भइसकेका छन्।

यसअघि बमजनलाई सोही मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले लामो अनुसन्धानपछि उनलाई २०८० पुस २४ गते पक्राउ गरेको थियो।

यद्यपि, बमजनविरुद्धको बाल यौन दुरुपयोगसम्बन्धी मुद्दा भने अझै सर्वोच्च अदालत मा विचाराधीन अवस्थामा रहेको छ।