Dhulikhel Eco Banner new

महासंघले निजी क्षेत्रको आवाज उठाउँदै उद्योग, व्यापार र लगानीमैत्री वातावरण बनाउँदै आएको छः अध्यक्ष ढकाल

754
shares

काठमाडौं, २१ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको भूमिका मुलुकको आर्थिक विकासमा अझ सशक्त बन्दै गएको बताएका छन् । महासघको ६० औं साधारण सभालाइ सम्बोधन गदै अध्यक्ष ढकालले महासंघको ६० वर्षको यात्रा केवल समयको गणना नभई देशको आर्थिक इतिहासमा दृढ संकल्प, संघर्ष र सहकार्यका महत्वपूर्ण उपलब्धिहरूको श्रृङ्खला भएको बताएका हुन् । उनले यस अवधिमा महासंघले देशको आर्थिक मेरुदण्ड सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको पनि बताए।

उनका अनुसार महासंघले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउँदै उद्योग, व्यापार र लगानीमैत्री वातावरण निर्माण गर्न निरन्तर प्रयास गर्दै आएको छ। राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति तथा आन्तरिक–बाह्य आर्थिक चुनौतीहरूबीच पनि महासंघले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गरेको उनले बताए।

अध्यक्ष ढकालले महासंघलाई राष्ट्रिय उद्यमशीलताको प्रतीक, आशाको केन्द्र र आर्थिक रूपान्तरणको मार्गदर्शकका रूपमा व्याख्या गर्दै साना, मझौला र ठूला सबै व्यवसायीलाई एउटै मञ्चमा जोड्न सफल भएको धारणा राखे। यसले सामूहिक समृद्धिको लक्ष्य हासिल गर्न महत्वपूर्ण आधार तयार पारेको उनले उल्लेख गरे।

साधारण सभासँगै वर्तमान कार्यकारिणी समितिको कार्यकालसमेत समाप्त हुन लागेको जानकारी दिँदै उनले महासंघको आगामी यात्रा अझ सुदृढ, आत्मनिर्भर र समृद्ध नेपाल निर्माणतर्फ केन्द्रित रहने विश्वास व्यक्त गरे। उनले महासंघको ६० वर्षे इतिहास भावी पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै आगामी दिनमा पनि निजी क्षेत्र र सरकारबीच सहकार्य अझ मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए।