Dhulikhel Eco Banner new

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि खुला

507
shares

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (बैशाख २३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ लाख १५ हजार ४५५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा बैशाख २८ गतेसम्म र ढिलोमा जेठ ६ गतेसम्म खुला रहनेछ।

यसअघि कम्पनीले १२ लाख कित्ता स्थानीय बासिन्दा, ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोष र ६० हजार ६१३ कित्ता कर्मचारीका लागि बाँडफाँट गरिसकेको छ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ।

कम्पनीले सञ्चालन गरेको ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.१७ वर्ष रहेको कम्पनीले जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा Prabhu Capital Limited रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।