Dhulikhel Eco Banner new

एफएनसीसीआई जिल्ला–नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी

494
shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला–नगर तर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्। मंगलबार राति सम्पन्न मतगणनाअनुसार शर्मा ८७ मत र श्रेष्ठ ८० मतसहित विजयी भएका हुन्।

उपाध्यक्ष पदका अन्य प्रत्याशी उमेश डालमिया र कल्पना गैह्रे भने पराजित भएका छन्। महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा जिल्ला–नगर क्षेत्रको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको थियो।

त्यस्तै, महिला सदस्यतर्फ गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन्।

मंगलबार साँझ सम्पन्न मतगणनाबाट जिल्ला–नगर तर्फका सदस्यहरू पनि चयन भएका छन्। निर्वाचित सदस्यहरूमा प्रयास कार्की, अर्जुन कुमार श्रेष्ठ, कृष्ण कटुवाल, छत्रधर आत्रेय, लक्ष्मणराज पौडेल, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, गोकुल श्रेष्ठ, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की रहेका छन्।

महासंघको नयाँ कार्यसमिति चयनसँगै निजी क्षेत्रको नेतृत्व अब नयाँ टिमको हातमा पुगेको छ। व्यवसायिक वातावरण सुधार, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रका मुद्दा उठानमा नयाँ नेतृत्वको भूमिका कस्तो रहन्छ भन्ने विषयलाई व्यवसायीहरूले चासोका साथ हेरिरहेका छन्।