Dhulikhel Eco Banner new

एनएमबि लघुवित्तको सीईओमा खड्का नियुक्त

1.22K
shares

काठमाडौं, २३ वैशाख । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सजल खड्का नियुक्त भएका छन्। कम्पनीको मंगलवार दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

कार्यवाहक सीईओको जिम्मेवारी सम्हालीरहेका खड्कालाई कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो। खड्कालाई वैशाख २२ गतेबाट ४ वर्षको कार्यकाल रहने गरी सीईओ नियुक्त गरिएको हो।