Dhulikhel Eco Banner new

सेबोन अध्यक्ष पदमा दीपक थापाको आवेदन बैंकिङ क्षेत्रमा १६ वर्षको अनुभव

845
shares

काठमाडौं, २३ वैशाख । नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदका लागि बैंकिङ क्षेत्रका अनुभवी दीपक थापाले आवेदन दिएका छन्। करिब १६ वर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय थापाले बैंक, सिद्धार्थ बैंक र एनएमबी बैंकमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। विशेषगरी कर्जा व्यवस्थापन, जोखिम मूल्यांकन, व्यवसाय विस्तार तथा संस्थागत सुशासनका क्षेत्रमा उनले अनुभव हासिल गरेका छन्।

वित्तीय क्षेत्रभित्र स्वच्छ छवि भएका व्यावसायिक बैंकरका रूपमा चिनिने थापाको आवेदनलाई पूँजी बजार वृत्तमा अर्थपूर्ण उम्मेदवारीका रूपमा हेरिएको छ। बैंकिङ क्षेत्रको व्यावहारिक अनुभव, व्यवस्थापकीय क्षमता तथा संस्थागत अनुशासन उनका सबल पक्षका रूपमा चर्चा गरिएको छ।

निकट स्रोतका अनुसार थापाले नेपालको पूँजी बजारलाई अझ पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउने दृष्टिका साथ आवेदन दिएका हुन्। अवसर प्राप्त भएमा साना लगानीकर्ताको हित संरक्षण, नियामक क्षमता सुदृढीकरण तथा दीर्घकालीन पूँजी बजार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनको सोच रहेको बताइएको छ।