Dhulikhel Eco Banner new

शेयर बजारमा १०२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.29K
shares

काठमाडौं, २४ वैशाख । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.९४ अंकले बढेर २,७१८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ९३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.२४ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ताले ९.१२ प्रतिशतका दरले गुमाएका छन् भने मेन्चियाम हाइड्रोपावरका लगानीकर्ताले ४.४९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी शिखर पावरका लगानीकर्ताले ३.८२ प्रतिशतका दरले गुमाएका छन् भने ८.५ प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७का लगानीकर्ताले २.८४ प्रतिशतका दरले गुमाएका छन् ।