Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

949
shares

काठमाडौं, ११ असार । बिहीवार शेयर बजार ८.५० अंकले घटेको छ । शेयर बजार ८.५० अंकले घटेर २६५१।५२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ भने २० कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ८२ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.०३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ८.९७ प्रतिशतका दरले गुमाएका छन् भने भगवती जलविद्युत विकास कम्पनी लिमिटेडका लगानीकर्ताले ५.८४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७का लगानीकर्ताले ५.७६ प्रतिशतका दरले गुमाएका छन् भने थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.५७ प्रतिशतका दरले गुमाएका छन् ।