Dhulikhel Eco Banner new

झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

702
shares

काठमाडौं, १२ असार । शुक्रवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार २ अंकले घटेर २६४९.५१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ भने २० कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ९४ करोड कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि कालिका लघुवित्त बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.७६ प्रतिशतका दरले गुमाएका छन् ।