सुनको मुल्य बढ्यो , हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असार १४ आइतवार ११:०६
806
shares
shares

काठमाडौं, १४ असार । स्थानीय बजारमा आइतवार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य ४ हजार ७ सयले बढेको छ।
महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ७९ हजार १ सयमा कारोबार भएको सुन आइतवार बढेर प्रतितोला २ लाख ८३ हजार ८ सयमा कायम भएको छ ।
त्यसैगरी, आइतवार चाँदीको मूल्य १सय ४५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ४ हजार १ सय ८० रुपैयाँमा कायम भएको चाँदी आइतवार ४ हजार ३ सय २५ रुपैयाँमा कायम भएको हो ।



















