Dhulikhel Eco Banner new

हिमालयन पावरको अवितरित हकप्रद शेयर बाँडफाँट

793
shares

काठमाडौं, १४ असार । हिमालयन पावर पार्टनर लिमिटेडको अवितरित हकप्रद शेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले अवितरित ४ लाख ६८ हजार ७४० कित्ता हकप्रद शेयरका लागि प्राप्त आवेदनअनुसार बाँडफाँट गरेको हो।

उक्त शेयर गत जेठ २७ गतेदेखि असार ४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीका लागि खुला गरिएको थियो। प्राप्त बोलपत्रहरू असार ८ गते बिक्री प्रबन्धकको कार्यालय, नक्सालमा खोलिएको थियो भने असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँट सम्पन्न गरेको हो।

कम्पनीले शेयर बिक्रीका लागि कट–अफ प्राइस प्रतिकित्ता ३४५ रुपैयाँ १० पैसा कायम भएको जनाएको छ। सो मूल्यमा वा सोभन्दा माथिको मूल्यमा बोलपत्र पेश गर्ने आवेदकहरूलाई माग तथा सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा शेयर बाँडफाँट गरिएको छ।

शेयर बाँडफाँटमा नपरेको रकम आवेदकले आवेदन फाराममा उल्लेख गरेको बैंक वा वित्तीय संस्थाको खातामा आईपीएस प्रणालीमार्फत फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ। कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।