Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.65K
shares

काठमाडौं, ४ साउन । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४१.७० अंकले बढेर २७१९.२४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ५१ करोड कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.८६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ६.८५ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ५.१५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि आरबीबीएल डिबेन्चर २०८८का लगानीकर्ताले ४.७१ प्रतिशतका दरले गुमाएका छन् भने एनबिबिएल डिबेन्चर २०८५का लगानीकर्ताले ४.२९ प्रतिशतका दरले गुमाएका छन् ।