Dhulikhel Eco Banner new

घर बनाउने सपना पूरा गर्दै हुनुहुन्छ? नबिल बैंकको लचिलो आवास कर्जा योजना ल्यायो

403
shares

काठमाडौं, १२ साउन। घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना प्रवद्र्धन गरेको छ । बैंकले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार लचिलो वित्तीय सुविधा उपलब्ध गराएर घरको सपना साकार बनाउन सहयोग गर्ने जनाएको छ ।

बैंकले घर स्वामित्वको योजना बनाइरहेका व्यक्तिहरूलाई सहज र व्यवस्थित वित्तीय समाधान प्रदान गर्ने उद्देश्यका साथ उक्त कर्जा सुविधा उपलब्ध गराएको बताएको छ । यस योजनाअन्तर्गत कर्जाको रकम, भुक्तानी अवधि तथा अन्य सुविधाबारे विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाएको छ ।

बैंकका अनुसार नबिल हाउजिङ लोनमार्फत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी अन्य आवश्यकताका लागि कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकको आवश्यकता र वित्तीय क्षमतालाई ध्यानमा राखेर कर्जा योजना तयार गरिएको बैंकले जनाएको छ ।