एकैदिन प्रतितोला ४ हजार ३ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ साउन १२ मंगलवार ११:१२
611
shares
shares

काठमाडौं, १२ साउन । स्थानीय बजारमा मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ४ हजार ३ सयले घटेको छ।
महासंघका अनुसार सुन सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार घटेर प्रतितोला २ लाख ८४ हजार २ सयमा कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य १ सय ३५ रुपैयाँले घटेको छ । सोमंबार ४ हजार ४ सय ४५ मा कायम भएको चाँदी घटेर मंगलबार ४ हजार ३ सय १० मा कायम भएको हो ।

















