Dhulikhel Eco Banner new

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, विद्यमान संस्थापकलाई प्राथमिकता

676
shares

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले उक्त सेयर आजदेखि नै बिक्रीका लागि खुला गरेको जनाएको हो।

बैंकले जारी गरेको सूचनाअनुसार यसरी बिक्रीमा राखिएको सेयर खरिद गर्न हाल कायम रहेका संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा टंगालस्थित केन्द्रीय कार्यालयमा पुगी आवेदन दर्ता गराउनुपर्ने बैंकले स्पष्ट पारेको छ।

सेयरको मूल्य भने बिक्रेता सेयरधनी आफैंले तोक्ने बैंकको भनाइ छ। तोकिएको म्याादभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिद प्रस्ताव नआएको खण्डमा प्रचलित नियमबमोजिम संस्थापक समूहभन्दा बाहिरका व्यक्ति वा संस्थालाई समेत सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

यसअघि पनि कुमारी बैंकले फरक-फरक संस्थापक सेयरधनीका नाममा रहेको हिस्सा बिक्रीका लागि पटक-पटक सूचना प्रकाशित गर्दै आएको छ। संस्थापक सेयरको स्वामित्व हस्तान्तरण प्रक्रियामा सम्बन्धित बैंक र नियामक निकायले तोकेको प्रचलित व्यवस्था पालना गर्नुपर्ने हुन्छ।