Dhulikhel Eco Banner new

सुनको मुल्य बढ्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

806
shares

काठमाडौं, १४ साउन । स्थानीय बजारमा बिहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य ८ सयले बढेको छ।

महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ८३ हजार २ सयमा कारोबार भएको सुन बिहिबार बढेर प्रतितोला २ लाख ८४ हजार मा कायम भएको छ ।

त्यसैगरी, बिहिबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । बुधबार ४ हजार ३ सय २० मा कायम भएको चाँदी घटेर बिहिबार ४ हजार ३ सय १० मा कायम भएको हो ।