Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

741
shares

काठमाडौँ, १ भदौ । सोमवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार २.२५ अंकले घटेर २६४१.५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७२ कम्पनीको शेयर मूल्य बढेको छ । २०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ५२ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.६३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि महिला लघुवित्त बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ६.५७ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ६.३३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ४.५प्रतिशतका दरले गुमाएका छन् भने सुपर खुदी जलविद्युत लिमिटेडका लगानीकर्ताले ४.१३ प्रतिशतका दरले गुमाएका छन् ।