प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
वि.सं.२०८३ भदौ ४ बिहीवार १६:०६
shares

काठमाडौं, ४ भदौ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन e.MAS 5 का लागि ‘रिडिफाइन योर एभ्रीडे’ नामक नयाँ टेलिभिजन फिल्म सार्वजनिक गरेको छ।
‘रिडिफाइन योर एभ्रीडे’ ले दैनिक जीवनलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्ने उद्देश्यसहित काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथालाई समेटेको छ। करियरको महत्वपूर्ण मोडमा रहेको युवा उद्यमीदेखि सिर्जनशील स्थानको खोजीमा रहेका कलाकार, ठोस योजनाबिना यात्रामा निस्किएका साथीहरू र परिवारसँग समय बिताइरहेको व्यक्तिसम्मका कथामार्फत आधुनिक सहरी जीवनका विविध वास्तविकता प्रस्तुत गरिएको छ।
टेलिभिजन फिल्मले प्रविधिलाई मात्र केन्द्रमा नराखी e.MAS 5 को फराकिलो स्पेस, आरामदायी इन्टेरियर र बहुउपयोगिताले दैनिक अनुभवलाई कसरी सहज र सुन्दर बनाउन सक्छ भन्ने देखाउन खोजेको छ। यसले दैनिक जीवनलाई नयाँ रूप दिन वा अर्थपूर्ण बनाउन सधैं ठूलो परिवर्तन आवश्यक नहुने, बरु आफूले बाँचिरहेका क्षणलाई अझ सहज र सुन्दर बनाउनु पनि महत्वपूर्ण हुने सन्देश दिन्छ।
प्रोटोन e.MAS 5 ले हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकबाट उच्च चासो र बुकिङ हासिल गरेको थियो। प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध e.MAS 5 मा रियर–ह्विल ड्राइभ, जी–टर्न कन्ट्रोल, सामान भण्डारणका लागि ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल–एचडी टचस्क्रिन र भेहिकल–टु–लोड (V2L) क्षमता जस्ता सुविधा छन्।
चारवटै कथालाई समेटिएको मुख्य टेलिभिजन फिल्म सार्वजनिक भएसँगै आगामी साताहरूमा प्रत्येक कथामा आधारित चारवटा छोटा फिल्महरू प्रोटोन नेपालको डिजिटल प्लेटफर्ममार्फत क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
















