Dhulikhel Eco Banner new

सामान्य अकंले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो

286
shares

काठमाडौँ, ४ भदौ । बिहीवार शेयर बजार सामान्य अकंले बढेको छ । शेयर बजार ७.१७ अंकले बढेर २६२९.४० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३२ कम्पनीको शेयर मूल्य बढेको छ । १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४० करोड कारोबार भएको हो ।

सामान्य अकंले बढेको शेयर बजारमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.७७ प्रतिशतका दरले गुमाएका छन् ।