Dhulikhel Eco Banner new

इभी आयातको नयाँ गन्तव्य बन्दै कोरला नाका, साउनमा भित्रिए सय गाडी

637
shares

काठमाडौं, ४ भदौ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु २९ करोड राजस्व दाखिला भएको छ । यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले जानकारी दिए ।

गत आवमा यहाँबाट तीन हजार विद्युतीय सवारीसाधन आयात भएका थिए । गत आवमा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन भएको थियो । यो नाका इभी आयातको नयाँ मार्गका रुपमा विकसित भएको छ ।